थाहा पाउनुहोस् , खुसीको ख’बर ! जापानले २३ सय का’मदार लैजादै,



सामान्य भाषा जाने हुने अरु के-के आवश्यक पर्छ !

 

जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्नेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २०० अङ्क ल्याउनुपर्ने छ ।
परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ ।
गत चैतमा नेपाल र जापानबीच का’मदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चर’णमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा का’मदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी का’मदार ल्याउने घोष’णा गरेको थियो ।

Posted on 
By Hari Bhandari ❤❤❤

Comments

Popular posts from this blog

भयानक डढेलो अस्ट्रेलियामा !

Introduction Of Computer