भयानक डढेलो अस्ट्रेलियामा !

 Dang- सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।
 डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न गएको इकोलोजिस्टहरुले बताएका छन्। बासस्थान नै विनाश भएपछि अस्तित्व संकटमा पर्ने देखिएको हो। पृथ्वीको सबैभन्दा फरक किसिमको भौगोलिक एवं जैविक विविधता भएको अस्ट्रेलियामा डढेलो लाग्नु सामान्य नै भएपनि यसपालिको डढेलोले धेरै लामोसमयसम्म हुँदा विनाश पनि धेरै गर्यो। स्तनधारी, सरिसृप र चराचुरुंगीहरु गरेर ५० करोड मरेको अनुमान गरिएपनि स–सना जीवहरु कति मरे भन्न सकिने अवस्था नै छैन।
त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणका लागि ३ हजार रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेका छन्। अस्ट्रेलियाको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको त्यहाँका रक्षामन्त्रीले बताएका छन्। विकासित मुलुक भएरपनि होला यस्तो ठूलो विपत्तिमा ठूलो मानवीय क्षति भने भएको छैन।




भयानक डढेलोले अस्ट्रेलियालाई मात्रै असर गर्छ कि सिंगो विश्वलाई?


अस्ट्रेलिया एक टापु मात्रै नभएर महाद्विप पनि हो। न्यू साउथ वेल्सस्थित मक्योरी विश्वविद्यालयमा कन्जर्भेसन बायोलोजीमा स्नातकोत्तर गरिरहेकी निशा तामाङ अस्ट्रेलियाको डढेलोले सिंगो वायुमण्डलाई नै असर पुगेको बताइन्। उनले भनिन्, ‘यसले यहाँको वायुमण्डलाई मात्रै नभएर स्थानीय मौसम प्रणालीलाई पनि असर गर्छ। प्रदुषण बढाएको छ। पुरानै अवस्थामा यहाँको वातवरणलाई फर्काउन निकै नै समय लाग्छ।’



 BY Hari Bhandari

Comments

Popular posts from this blog

Introduction Of Computer

थाहा पाउनुहोस् , खुसीको ख’बर ! जापानले २३ सय का’मदार लैजादै,